December 03, 2019
Tuesday, December 3, 2019
Monday, November 18, 2019
November 18, 2019
इटहरीमा भेटियाे कुहिएकाे अवस्थमा महिलाकाे वेवारिसे शव
इटहरी / इटहरीमा अाज (साेमबार) बेवारिसाे अवस्थामा महिलाकाे शव भेटिएकाे छ । इटहरी उपमहानगरपालिका ४ बुढी खाेला छेउकाे काँसघारीमा अन्दाजी २०-२५ बर्षकाे महिलाकाे शव फेला परेकाे हाे ।
स्थानिय बालबालिका खेल्ने क्रममा खाेला किनार पुगेपछि महिलाकाे शव देखेर कराउँदै भाग्न थाले पछि खाेलामा बालुवा चाल्ने मानिसहरू भेला भइ प्रहरी लाइ खबर गरेका थिए । घटना तिहार पछिकाे हुन सक्ने भनी स्थानीयले अड्कल गरेका छन् । शव कुहिएर गन्हाउन थालिसकेकाले शवकाे पहिचान गर्न नसकिएकाे प्रहरीले बताए । हास सम्म मानिस हराएकाे कुनै उजुरी नअाएकाले अहिले नै केहि बताउन नसकिने प्रहरीले बताएकाे छ ।
November 18, 2019
युट्युबमा गीत गाएर एकाएक चर्चित बनेकी रानु मण्डल अत्यधिक मेकअपपछि विवादमा
एजेन्सी । लता मंगेशकरको गीत ‘एक प्यार का नगमा हैु’ गाएर रातारात युट्युबमा भाइरल बनेकी रानू मण्डल पूनः विवादमा परेकी छिन् । हालै एक कार्यक्रममा जाँदा रानूले गरेको मेकअपलाई लिएर अहिले सामाजिक संजालमा ट्रोल बनेको छ । उक्त कार्यक्रममा रानुले गरेको नसुहाउँदो मेकअपलाई लिएर सामाजिक संजालमा ब्यंङ्ग्य गरिएको छ ।
सडकमा गीत गायर गुजारा चलाउने रानुले गाएको गीत युट्युबमा भाइरल भएपछि गायन तथा नायक हिमेश रेशमियाले रानुलाई मुम्बई बोलाएर फिल्ममा गायने अवसर दिए । उक्त फिल्ममा रानु र हिमेशले साथमा गाएको गीत ‘तेरी मेरी कहानी’ हिट भएपछि एउटै गीतले रानु सडकमा गाउने गायिकाबाट स्टेजमा गाउने गायिका बनिन् ।
बिस्तारै उनको माग फिल्मको पार्श्व गायन तथा रियालिटी शोहरुमा समेत बढ्न थाल्यो । तर पछिल्लो समय रानुलाई घमण्डी बनेको आरोप लागेको छ । उनले यसअघि एक फ्यानले नजिक गएर बोलाउँदा अब म सामान्य मानिस होइन सेलिब्रिटी भइसकें भनेर जवाफ फर्काएकी थिइन् ।
Saturday, July 6, 2019
photo feature
July 06, 2019
गाउँले द्धरा वृक्षारोपण कार्यक्रम |
मोरङ्गको बुढीगंगा गाउँपाललिका वडा नं.६ स्थित तिलाठेमा आज रामजानकी मन्दिर सेवा समितीको आयोजनामा गाउँउले द्धरा वृक्षारोपण कार्यक्रम गरीएको छ । उक्त्त वृक्षारोपण कार्यक्रम रामजानकी मन्दिरको परीसरमा वृक्षारोपण कार्यक्रम गरीएको छ । कार्यक्रममा प्रमुख अथिती बुढीगंगा गाउँपालिकाका उप प्रमुख अम्रिता कुमारी गच्छदार , अतिथीहरुमा जिल्ला समनयन समितीका सदस्य बविता चौधरी, बुढीगंगा वडा नं.७ का वडा अध्यक्ष मुरारीलाल विश्वास, समाजसेवी मकर बुढा थोकी लागाएत समाजका अगुवाहरुको उपस्थिी रहेको थियो ।
कार्यक्रमको उद्देश्यबारे कार्यक्रमको अध्यक्ष तथा मन्दिरको अध्यक्ष अन्नतराम चौधरीको अनुसार उक्त्त वृक्षारोपणको मुल उद्देश्य वातावरण स्वछ हराभरा सँगै उक्त्त वोटविरुवा मन्दिरको सम्पती हुने र भबिष्यमा मन्दिरको समृद्ध विकाशको लागी टेवा पुग्ने हुनाले वृक्षारोपण कार्यक्रम गरीएको हो । मन्दिरको परीसरमा ठाँउमा अनुमानित १५ कठ्ठा खाली जग्गा भएको ठाउँमा वृक्षारोपन कार्यक्रम गरीएको छ । उक्त्त वृक्षारोपन कार्यक्रम स्थानियहरुको अत्यधिक सँख्यामा उपस्थिी रही हर्षउल्लासका साथ वृक्षारोपन कार्यक्रम गरीएकोे थियो । उक्त्त जग्गा नदीको डिलमा पर्ने भएकोले पनि आफुहरु वृक्षारोपन गरीएको स्थानियहरुले बताएका छन् । र उक्त्त बोट विरुवालाई तत्काल सम्रक्षण गर्नको निम्ती स्थानिय सरकारसँग माग समेत राखेको रामजानकी मन्दिर सेवा समितीका अध्यक्ष अन्नतराम चाधरीले जानकारी दिएका छन् ।
Thursday, July 4, 2019
photo feature
July 04, 2019
नोबेल मेडिकल कलेजबाट थारु आइकन सहभागी एकजनालाई स्टाफ नर्समा छात्रवृति
अषाढ १९ गते बिहिबार मोरंग – प्रदेश नं. १ स्तरीय नोबेल मिस्टर एण्ड मिस थारु आइकनमा सहभागी एक जनालाई नोबेल मेडिकल कलेज बिराटनगरको तर्फबाट स्टाफ नर्स कोटामा छात्रवृति दिने भएको छ ।
थारु कला केन्द्रले गत वर्ष असोज २७ गते समपन्न गरेको ग्राण्ड फिनालेमा मुख्य प्रायोजन रहेका नोबेल मेडिकल कलेज तथा टिचिंग हस्पिटलका संचालक डा. सुनिल शर्माले एक जना सहभागीलाई स्टाफ नर्स कोटामा छात्रवृति दिने उदघोष गर्नु भएको थियो ।
छात्रवृति प्राप्त गर्नका लागि सहभागीले सो कोटाको लागि आवेदन दिन सक्ने छ भने प्राप्त उत्कृष्ट अंकको आधारमा नाम निकाल्न सफल एक जनालाई छात्रवृतिको लागि सिफारिस गर्न सक्ने थारु कला केन्द्रका अध्यक्ष देवकृष्ण बिश्वासले बताउनु भयो । त्यसैगरि लर्ड बुद्ध कलेज, इडु मार्क कन्सल्टेन्सी लगायतले समेत छात्रवृति दिने जनाएको छ ।
छात्रवृति प्राप्त गर्नका लागि सहभागीले सो कोटाको लागि आवेदन दिन सक्ने छ भने प्राप्त उत्कृष्ट अंकको आधारमा नाम निकाल्न सफल एक जनालाई छात्रवृतिको लागि सिफारिस गर्न सक्ने थारु कला केन्द्रका अध्यक्ष देवकृष्ण बिश्वासले बताउनु भयो । त्यसैगरि लर्ड बुद्ध कलेज, इडु मार्क कन्सल्टेन्सी लगायतले समेत छात्रवृति दिने जनाएको छ ।
Thursday, December 6, 2018
news
December 06, 2018
थारू समुदायकाे अर्काे एक जल्दाे बल्दाे समस्या, विवाह गर्न सक्षम र पढेलेखेकाे केटा पाउनै गाह्रो
विर्तामोड – पहिला महिलालाई विद्यालय पठाउने नगरिएकोमा पुरुष सरह महिलाले पढ्न नपाउने अवस्था थियो। तर जब देशमा बेरोजगारी समस्या बढ्न थाल्यो तब पुरुष जति पढाई छाडेर विदेशिन थाले।
अनि गाउँ घरमा रहेका महिलाले विद्यालय तथा कलेजको पढाईलाई निरन्तरता दिँदै आए। अहिले गाउँ घरमा पुरुषले भन्दा महिलाले ज्यादा शिक्षा हासिल गर्दैछन्। जस्का कारण विवाह गर्नका लागि शिक्षित महिलाले आफू समानका पुरुष पाउन छाडिसके।
पूर्वी नेपालका आदिवासी समुदायमा यो समस्या अहिले जटिल बन्दै गएको छ। विवाह गर्न आफू समान शिक्षा लिएका युवक नपाएपछि आफू भन्दा धेरै कम शिक्षा लिएका युवकसँग विहे गर्न बाध्य हुनुपरेको पूर्वी नेपालमा बसोबास गर्ने आदिवासी समुदायका युवतीहरुले बताएका छन्।
आदिवासी समुदायका अधिकांश युवकहरु अलि समय पढेपछि पढाई छोडेर पैसा कमाउन घर बाहिर जान्छन् तर युवतीहरुले भने पढाईलाई निरन्तरता दिने गरेका छन्।
स्नातक उत्तीर्ण गरेपछि विवाह गर्नका लागि आफूहरुलाई समान शिक्षा लिएका केटा पाउनै गाह्रो हुन थालेको आदिवासी युवतीहरुको भनार्इ छ।
झापाको शिवसताक्षी नगरपालिकास्थित चन्द्रडाँगीकी इन्दिरा राजवंशीले स्नातक तह उत्तीर्ण गरेपछि उनको विवाह उनी भन्दा धेरै कम पढेका विर्तामोडका एकजना राजवंशी युवकसँग भयो।
इन्दिराका अनुसार विवाह गर्नका लागि उनले उनी बराबर शिक्षा लिएका युवक नै पाइनन्। उनी भन्छिन्, ‘आफू समानको मान्छे नहुँदा निर्णय लिन पनि गाह्रो हुने रहेछ। आफू केही गर्छु भन्दा पनि नबुझिदिने समस्या पनि आउँदो रहेछ।’
पूर्वी नेपालमा बसोबास गर्ने आदिवासी समुदायमा अहिले युवक भन्दा युवती धेरै पढ्ने गरेका कारण उनीहरुकै समुदायमा विहेबारी गर्नका लागि समान शिक्षा लिएका युवक भेटन निकै गाह्रो हुन थालेको सोही समुदायका अगुवाहरु बताउँछन्।
विर्तामोडकै एउटा कलेजमा स्नातक तह अन्तिम वर्षमा पढिरहेकी मीरा राजवंशीका लागि धेरै राजवंशी केटा माग्न त आए तर उनी बराबर पढेका कोही पनि आएनन्। मीराले भनिन्, ‘अहिलेसम्म जति केटा आए मलाई माग्न मेरो बराबर पढेका छैनन्। त्यसैले मैले केही निर्णय गर्न सकेको छैन।’
यो समस्या आउनमा पढेलेखेका आदिवासी समुदायका युवकले अन्तरजातीय विवाह गर्नु पनि एउटा कारण रहेको आदिवासी समुदायका अगुवाहरुको भनार्इ छ।
त्यस्का अतिरिक्त परिवारको लालन पालनको जिम्मेवारी युवकले पाएपछि पैसा कमाउनका लागि पढाइ छोड्नुपर्ने बाध्यता अर्को कारण रहेको राजवंशी समुदायका अगुवा तुलाराम राजवंशी बताउँछन्।
समाजशास्त्रीहरु भन्छन् आदिवासी समुदायमा स्कूल जाने केटी भन्दा केटाहरुले चाँडो पढाई छाड्ने गरेका छन्। तर महिला सशक्तिकरणका लागि आदिवासी समुदायका महिलाका लागि यो एउटा अवसर पनि ठान्छन् मेची बहुमुखी क्याम्पस भद्रपुरका समाजशास्त्र विषयका विभाग प्रमुख सुशील खनाल । उनका अनुसार महिला सशक्तिकरणका लागि यो एउटा अवसर भए पनि समाजमा यस्ले निकै ठूलो समस्या उत्पन्न गराएको छ।
उनले भने, ‘यो असन्तुलित शिक्षाका कारण नेपालमा केही वर्षपछि केटीहरुले सक्षम केटा नपाउने संभावना छ। यस्मा कसैले ध्यान दिएकै छैन।’
स्राेत : देश सञ्चार
Wednesday, December 5, 2018
letest
December 05, 2018
कविता
इज्जत कर्छुन मोरङ्गिया सुनसरिया के,
मान सम्मान कर कन्जान थारु समाज के,
दान दहेज मत मांङ्ग थारु खवास के संस्कार बचा,
इना बिकृती सवके थारुखवास समाजसे आव हटा,
इना छेकी आपने सियान के जोडी जमावे बला
बिहादान आर सिनुरदान के प्रथा दुई झनाके सान,
मतर क्याम छौरासव माङ्ग्छी माङ्गिके लेछै दजेजमे मोटरसाइकल आर अनकर जगा जमिन सव दान,
सवहै घरमे दय गुदि बहिन छि मतर कखरु धन सम्पती छि त कखरु हाथमे फुटीकडी नहि छि,
थारु खवास समाजमे कोइकोइ गरिबीके आर्थिक स्रोत कमहावेके कारणसे समाजमे बिकृती आन्छी ।
मनमेमन मिल्याके गोटे समाजके आगु कर्छी बिहादान
तयोनि पुग्छु थारु खवास सवके दानपुनसे अघान
घरके गार्जियन के भार थमे परछे दानदजेज जे जुर्छी देवे करछे मतर माङ्ग करलासे ऋणमे पर्छे जान,
बिहादान सिनुरदान छेकी कन्यादान उपरसे कुन के माङ
जे जुर्तु देव्व कर्तु मतर आव मांङ्गी मांङ्गी के दहेज मत मांङ्ग ,
( लेखक:= थारु युवा साहित्यकार सुरेश चौधरी )