अषाढ १९ गते बिहिबार मोरंग – प्रदेश नं. १ स्तरीय नोबेल मिस्टर एण्ड मिस थारु आइकनमा सहभागी एक जनालाई नोबेल मेडिकल कलेज बिराटनगरको तर्फबाट स्टाफ नर्स कोटामा छात्रवृति दिने भएको छ ।
थारु कला केन्द्रले गत वर्ष असोज २७ गते समपन्न गरेको ग्राण्ड फिनालेमा मुख्य प्रायोजन रहेका नोबेल मेडिकल कलेज तथा टिचिंग हस्पिटलका संचालक डा. सुनिल शर्माले एक जना सहभागीलाई स्टाफ नर्स कोटामा छात्रवृति दिने उदघोष गर्नु भएको थियो ।
छात्रवृति प्राप्त गर्नका लागि सहभागीले सो कोटाको लागि आवेदन दिन सक्ने छ भने प्राप्त उत्कृष्ट अंकको आधारमा नाम निकाल्न सफल एक जनालाई छात्रवृतिको लागि सिफारिस गर्न सक्ने थारु कला केन्द्रका अध्यक्ष देवकृष्ण बिश्वासले बताउनु भयो । त्यसैगरि लर्ड बुद्ध कलेज, इडु मार्क कन्सल्टेन्सी लगायतले समेत छात्रवृति दिने जनाएको छ ।
No comments:
Post a Comment